Like us!
Follow us!
Connect us!
Watch us!

जेएलपीटीको आवेदन फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने

अर्थ संसार

मंगलबार, २२ भदौ २०७८, १३ : ४३ मा प्रकाशित

जेएलपीटीको आवेदन फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने

डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कम्पनी खल्तीले JALTAN सँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ। यस पश्चात् परिक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिनेछ। 

विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु JALTAN को कार्यालय भृकुटिमण्डप नै पुगेर घन्टौँ लाईन बसी शुल्क तिर्ने झन्झट गर्नुपर्थ्यो । यस समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाईन भुक्तानी प्रणालीको व्यवस्था गरेको हो । यसको लागि JALTAN को अध्यक्ष पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक जोनाम भुर्तेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

के हो जेएलपीटी ?

जेएलपीटी जापानी भाषा सम्बन्धि ज्ञान परीक्षण गर्ने अन्तराष्ट्रिय संस्था हो। यसमा व्यक्तिको जापानीज भाषा पढ्न, सुन्न, र बोल्न सक्ने दक्षताको परीक्षण तथा मुल्यांकन गरिन्छ। उक्त परीक्षण वर्षको एकपटक लिइन्छ। जापानमा रोजगारको शिलशिलामा जान चाहने प्रत्येकले यसको परीक्षा अनिवार्य उत्तीर्ण गरेको हुनुपर्नेछ। 

जेएलपीटीमा N1, N२ , N३ , N४ र N५ गरी जम्मा ५ वोटा तहहरु रहेका छन्। यी मध्ये आवेदकले आफुलाई उपयुक्त लागेको कुनै एक तह छनौट गरी भाषा परीक्षा दिन सक्नेछन्। साथै जेएलपीटी को आवेदन फारम यसको आधिकारीक वेबसाइट अनलाइनबाट भरी पेमेन्ट विकल्पको रुपमा खल्ती छनौट गरी तुरुन्त भुक्तानी गर्न सकिन्छ। आवेदन फारम शुल्क रु. ३००० रहेको छ। 

आवेदन फारम संख्या सीमित भएकोले सिट संख्या सकिएपछि निर्धारित समय अगावै अनलाइन आवेदन फारम दर्ता प्रक्रिया स्वतः बन्द हुनेछ । फारम भर्ने मिति भाद्र २२ देखि असोज २ गते सम्म रहेको छ। ५ डिसेम्बर २०२१ मा संचालन हुने जापनिज भाषा परिक्षाकाे लागि १००० जनाले मात्र आवेदन फारम भर्न सक्नेछन् ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको