Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद प्रयोजनका लागि एक्सेल डेभलपमेन्ट बैंकले ताेक्याे बुकक्लोज मिति

अर्थ संसार

बुधबार, २३ भदौ २०७८, ११ : ५१ मा प्रकाशित

हकप्रद प्रयोजनका लागि एक्सेल डेभलपमेन्ट बैंकले ताेक्याे बुकक्लोज मिति

हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बुकक्लोज मिति ताेकेकाे छ । 

बैंकले हकप्रद प्रयाेजनका लागि असोज १ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, भदौ ३१ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

बैंकले हाल कायम चुक्ता पुँजी १०:३ काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरकाे २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाइसकेकाे छ । 

बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ।

हाल बैंककाे चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार रूपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर निष्कासनपछि बैंककाे पूँजी १ अर्ब ५ करोड ४४ लाख पुग्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

613855090cce3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको