Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्यो सिनर्जी पावरकाे हकप्रद निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

बुधबार, २३ भदौ २०७८, १५ : ३९ मा प्रकाशित

अघि बढ्यो सिनर्जी पावरकाे हकप्रद निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

निष्कासन तथा बिक्री प्रबन्धककाे सम्झाैतापत्रमा सानिमा क्यापिटल लिमिटेडकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे तर्फबाट प्रबन्ध सञ्चालक सुरेन्द्र बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

कम्पनीको भदाै १८ गते, शुक्रबार सम्पन्न भएकाे पन्ध्राैँ वार्षिक साधारण सभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । 

बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २:१ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरकाे ४० कराेड ३२ लाख ८७ हजार रूपैयाँ बराबरकाे ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे । 

हालसम्म कम्पनीले सेबाेनमा निवेदन पेश गरेकाे छैन । नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएर त्यहाँबाट अनुमति पाएपछि मात्र कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको