Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ताको माइतीघरमा रिले अनसन (फोटोफिचर)

अर्थ संसार

बुधबार, २३ भदौ २०७८, १८ : १४ मा प्रकाशित

माइतीघरमा बुधबारदेखि सेयर लगानीकर्ताले रिले अनसन सुरु गरेका छन् ।  पुँजिबजार सुधार सङ्घर्ष समितिको आयोजनामा  बुधबार अर्थात भदौ २३ गतेदेखि सरु भएको रिले अनसन  भदौं २९ गतेसम्म दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म रिले अनसन  बस्नेछन् ।  

समितिले  गत  सोमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष विभिन्न १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको थियो ।   गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग गरेका थिए । माग प्रति राष्ट्र बैंक गम्भिर नभएको भन्दै अनसन सुरु गरेको  समितिका संयोजक रोहन कार्की ले अर्थ संसारलाई बताए । 

नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरेका छन् । 

6138b12b16875.jpg 6138b13095ed4.jpg 6138b1333c5df.jpg 6138b136601ce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको