Like us!
Follow us!
Connect us!
Watch us!

तलब भत्ता र निवृत्तभरण बाहेक कुनै पनि भुक्तानी नगर्न महालेखा नियन्त्रकको निर्देशन

अर्थ संसार

विहीबार, २४ भदौ २०७८, १४ : ४५ मा प्रकाशित

तलब भत्ता र निवृत्तभरण बाहेक कुनै पनि भुक्तानी नगर्न महालेखा नियन्त्रकको निर्देशन

सरकारले तलब भत्ता र निवृत्तभरण बाहेक कुनैपनि शिर्षकमा भुक्तानी नगर्न माताहतका निकायहरुलाई निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयले तलब भत्ता र पेन्सन बाहेकको कुनै पनि शिर्षकमा भुक्तानी नदिन सूचना जारी गरेको हो। 

मिती २०७८ भाद्र २४ गते देखि २७ गतेसम्म तलब भत्ता र निवृत्तभरण बाहेक कुनै पनि बजेट निकासा नगर्न निर्देशन दिएको छ । यदि यस अवधिमा निकासा भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धीत निकासा माग गर्ने निकासा गर्ने अधिकारी नै जिम्मेवार हुने भनि सूचनामा उल्लेख गरीएको छ । हालसम्म भैसकेको भुक्तानीलाई भने स्वीकृति प्रदान गरीने छ भने शुक्रबार प्रतिस्थापन विधेयक दर्ता भएपछि आइतबारबाट भुक्तानी सुरु हुने कार्यालयले बताएको छ।

सरकारले २५ गते संघिय संसदमा प्रतिस्थापन विधेयक दर्ता गराउने तयारीमा छ। सो विधेयक दर्ता भएपछि सोहि अनुसार कार्यान्वयनमा जाने कार्यालयको भनाई छ। सरकारले बजेट अध्याधेशलाई संशोधन गर्ने भएपछि सोही अनुसार बजेट खर्च गर्न भुक्तानी रोकेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको