Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ लुक्समा देखिए कोरियाली नेता किम, एक वर्षमा घट्यो २० किलो तौल

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १० : ५२ मा प्रकाशित

नयाँ लुक्समा देखिए कोरियाली नेता किम, एक वर्षमा घट्यो २० किलो तौल

उत्तर कोरियाली नेता किम जोङ उन तुलनात्मक रुपमा ‘स्लिम’ देखिएका छन् । प्योङयाङमा  आयोजित एक सैन्य परेडमा देखिएका किम पहिलेको तुलनामा पातलो र छरितो देखिएका हुन् । 

लामो समयपछि सार्वजनिका कार्यक्रममा देखिएका उनको नयाँ ‘लुक्स’ प्रति धेरैको ध्यान केन्द्रित थियो । पछिल्लो समयमा किमको ह्वात्तै तौल घटेको छ । एक वर्षमा उनको २० किलो तौल घटेको कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन् । उनले अस्वभाविक तौल घटेको एक दक्षिण कोरियाली सांसदले समेत बताएका छन् ।  

हल्का खैरो र सेतो रंगको सुट लगाएका किम सो कार्यक्रममा केही बोलेनन् । मन्द मुस्कानसहित हात हल्लाएर परेडका सहभागीलाई अभिभादन गरेका थिए । अत्यधिक चुरोट पिउने र शारीरिक रुपमा भद्दा किमको ‘लुक्स’ पछिल्लो समयमा अन्तर्राष्ट्रिय स्तरमै चासोको विषय बनेको छ । 

लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिंदा  किमको टाउको पछाडिको भागमा ब्यान्डेज टाँसिएको थियो । उनी गम्भीर बिरामी परेको हुनसक्ने अनुमान गरिएको थियो । उनको हातको नाडिमा सुई लगाएको दाग देखिएको थियो । किमको मुटुको शल्यक्रिया भएको हुन सक्ने विज्ञहरुले अनुमान गरेका थिए ।  उनको वंश नै ह्यदयाघातबाट पीडित छ ।

सैन्य परेडमा यसअघि जस्तो नयाँ हतियार प्रदर्शन र आणविक शक्तिको रबाफ देखिदैनथ्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको