Like us!
Follow us!
Connect us!
Watch us!

विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले गर्छन् आत्महत्या

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १४ : ५५ मा प्रकाशित

विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले गर्छन् आत्महत्या

विश्वमा हरेक चालिस सेकेन्डमा एक जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ । भोकमरी, रोग, बेरोजार, अज्ञानतालगायतका कारण हरेक वर्ष ८ हजार मानिसले आत्महत्या गर्छन् । राष्ट्रसंघका अनुसार ७५ प्रतिशत आत्महत्यामा सम्बन्धित देश नै जिम्मेवार हुन्छ । आत्महत्या हरेक देशमा मुख्य स्वास्थ्य समस्या बनेको छ । 

आत्महत्या नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संगठन (आइएएसपी) ले सर्वप्रथम सन् २००३ मा यो दिवस मनाएको थियो । प्राध्यापक इरविन रिंगेल र डा. नोरम्यान फ्यावरलोले सन् १९६० मा अस्ट्रियाको राजधानी भियनामा आइएएसपी स्थापना गरेका थिए । आत्महत्या रोक्न प्रतिवद्ध यस गैरसरकारी संगठनमा ७७ देशका विज्ञ र स्वयंमसेवक छन् । 

विश्वमा हरेक वर्ष  विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । ‘काममार्फत आशा सिर्जना’ भन्ने नाराका साथ यो वर्ष पनि विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । आत्महत्या नियन्त्रणमा विश्वव्यापी प्रतिवद्धता जनाउनु दिवसको मुख्य उदेश्य हो । आत्महत्याबाट जोगिन मानसिक रुपमा स्वस्थ हुनुपर्ने र समुदाय तहमा काम चाल्नुपर्ने विज्ञहरु बताउँछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको