Like us!
Follow us!
Connect us!
Watch us!

शालिनको झुण्डिएर मृत्यु भएको पोष्टमार्टम रिपोर्ट, सुसाइड नोट परीक्षण गरिँदै

अर्थ संसार

आइतबार, २० फागुन २०८०, १५ : ५६ मा प्रकाशित

शालिनको झुण्डिएर मृत्यु भएको पोष्टमार्टम रिपोर्ट, सुसाइड नोट परीक्षण गरिँदै

चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविमा अध्ययनरत शालिन पोखरेलको झुण्डिएर मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

१४ वर्षीया पोखरेललाई विद्यालयकै होस्टेलमा मृत अवस्था फेला पारिएको थियो । उनको पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा रिपोर्टमा मृत्युको कारण ह्याङ्गिङ रहेको देखिएको हो । बालिकाका आफन्तले शालिनको बलात्कारपछि हत्या भएको आरोप लगाएकोमा बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट आएको जनाइएको छ ।

घटनास्थलमा सुसाइड नोट समेत फेला परेको हुँदा प्रहरीले उक्त नोटको पनि जाँच गर्ने जनाएको छ । नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा नोटमा लेखिएको अक्षरको जाँच गर्न लागिएको प्रहरीले जनाएको छ । फागुन १२ गते स्काउटको डोरीमा कोठाभित्र झुण्डिएको अवस्थामा शालिनलाई फेला पारिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको