Like us!
Follow us!
Connect us!
Watch us!

बाइक पुलमा छाडेर त्रिशुलीमा हाम फाले बैंकका ब्रान्च म्यानेजर, खोजीकार्य जारी

अर्थ संसार

बुधबार, १७ असोज २०८०, ०७ : १५ मा प्रकाशित

बाइक पुलमा छाडेर त्रिशुलीमा हाम फाले बैंकका ब्रान्च म्यानेजर, खोजीकार्य जारी

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको हेटौंडा शाखाका शाखा अधिकृत त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

हेटौंडा उपमहानगर-२ चौकीटोल भएका ३८ वर्षीय निराजन देवकोटा धादिङको गजुरीस्थित घाटबेसीमा मोटरसाइकल रोकी पुलबाट नदीमा हाम फालेका हुन् । बागमती प्रदेश ०३-००५ प ४१७६ नम्बरको मोटरसाइकलमा उनी काठमाडौंस्थित हेड अफिस जान हिँडेको उनको परिवार स्रोतले जनाएको छ ।

स्थानीयका अनुसार मोटरसाइकल र चप्पल पुलमा छाडेर देवकोटा नदीमा हाम फालेका थिए । उनको परिवार, आफन्त, स्थानीय र प्रहरी लगायतको टोलीले उनको खोजीकार्य गरिरहेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको