Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलको साधारसभा असोज १६ मा, ४० प्रतिशत लाभांश प्रस्ताव

अर्थ संसार

आइतबार, २७ भदौ २०७८, ०७ : ४८ मा प्रकाशित

प्रभु क्यापिटलको साधारसभा असोज १६ मा, ४० प्रतिशत लाभांश प्रस्ताव

प्रभु क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको भदौ २० गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार यस कम्पनीको एघारौँ वार्षिक साधारण सभा असोज १६ गते होटल एलफ्ट ठमेल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको २२.३८५५ प्रतिशत बोनस सेयर र १७.६१ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ । 

त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको