Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु म्युचुअल फण्डका दुई बन्दमुखी योजनाहरुको लाभांश घोषणा, कुनको कति ?

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, १० : ४६ मा प्रकाशित

प्रभु म्युचुअल फण्डका दुई बन्दमुखी योजनाहरुको लाभांश घोषणा, कुनको कति ?

प्रभु क्यापिटलको योजना व्यवस्थापनमा प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।

प्रभु सेलेक्ट फण्डले कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डले कर सहित ८.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

भदौ ३१ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

\

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको