बिजबेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि प्रभु क्यापिटल लिमिटेडसँग रोड टु आईपीओ सम्झौता गरेको छ ।
यससम्बन्धी कम्पनी र प्रभु क्यापिटलबीच सम्झौता भएको छ । उक्त सम्झौता हाईड्रो इम्पायर प्रालिका अध्यक्ष काजी लामा र प्रभु क्यापिटलका प्रमुख लगानी अफिसर दुर्गा नन्द झाको सहभागीतामा प्रभु क्पापिटलका म्यानेजिङ डाइरेक्टर आशिष गौचन र बिजबेलका संस्थापक सुसिल पोखरेलले हस्ताक्षर गरे ।
सम्झौताबमोजिम प्रभु क्यापिटलले बिजबेललाई आईपीओ निष्कासन गर्नुपूर्व र गरिसकेपछि परमार्श सेवा दिनेछ ।
सम्झौतामा पूँजी संरचना, मूल्य योजना,प्रि–आईपीओ इक्विटी रेजिङ,बजारीकरण,आईपीओको तयारी र निष्कासन व्यवस्थापन सेवा पनि संलग्न रहेको छ ।
सन् २०१४ मा स्थापना भएको बिजबेल लिमिटेड नवीकरणीय ऊर्जा क्षेत्रको अग्रणी कम्पनी हो। कम्पनीसँग १,००० मेगावाटको नवीकरणीय ऊर्जा परियोजनाहरूको पोर्टफोलियो छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस