Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलको लोयल्टी पोइन्टस् र रिफरल अफर

अर्थ संसार

मंगलबार, ०२ साउन २०८०, ११ : ०१ मा प्रकाशित

प्रभु क्यापिटलको लोयल्टी पोइन्टस् र रिफरल अफर

प्रभु क्यापिटल लिमिटेडले सेवाग्राहीका लागि लोयल्टी पोइन्ट्स र रिफरल अफर ल्याएको छ । ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिने उद्देश्यले यी दुई अफर साउनदेखि सञ्चालनमा ल्याइएको क्यापिटलले जनाएको हो ।

सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरी साथै क्यापिटलका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी पोइन्ट्स प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

‘सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिंक कपी र सेयर गरी एप रिफर गर्न सक्नेछन्’ क्यापिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सेवाग्राहीले पोइन्ट्स आफ्नो डिम्याट तथा मेरो सेयर नविकरण गर्नका साथै क्यापिटलसँग आवद्ध मर्चेन्ट अफरमा उपयोग गर्न सक्ने छन् ।’ सुरुवाती चरणमा ब्रोन्ज त्यसपछि क्रमशः सिल्भर, गोल्ड र डायमन्ड गरी चार समूहमा पोइन्ट्स जम्मा हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको