Like us!
Follow us!
Connect us!
Watch us!

अब खल्तीबाट आफ्नो बैंक खातामा नि:शुल्क रकम पठाउन सकिने

अर्थ संसार

आइतबार, २७ भदौ २०७८, ११ : २२ मा प्रकाशित

अब खल्तीबाट आफ्नो बैंक खातामा नि:शुल्क रकम पठाउन सकिने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले ग्राहकहरुको अमुल्य प्रतिक्रिया तथा सुझावलाई मध्यनजर गर्दै खल्तीबाट बैंक खातामा नि:शुल्क रकम ट्रान्सफर गर्न सकिने अफर सञ्चालनमा ल्याएको छ ।

यस सेवा अन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा ५ हजार रूपैयाँ र दैनिक ३ पटक वा ५ हजार रूपैयाँसम्मको रकम नि:शुल्क ट्रान्सफर गर्न सक्नेछन् ।

त्यसैगरी खल्तीबाट खल्तीमा उपलब्ध कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जोकोहीले ५०% सम्मको क्यासब्याक पाउनेछन् । जस्तै, यदी बैंक ट्रान्सफर शुल्क २० रूपैयाँ भएमा १० रूपैयाँ क्यासब्याक तुरुन्तै प्राप्त गर्न सकिन्छ।

यस नि:शुल्क पैसा पठाउन सकिने सुविधाले ग्राहकहरुको समय र पैसा बचत गर्न थप टेवा पुर्याउने खल्ती डिजिटल वालेटका मार्केटिंग अफिसर, साकार केसीले बतााएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको