एनआईसी एशिया बैंक लिमिटेडले भदाै २१ गते, साेमबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (भदाै ३० गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।
बैंकले मेराे माइक्राेफाइनान्सकाे ८४ हजार ८ सय २९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ५ हजार ६५ कित्ता र नागरिक लगानी काेषको ३ लाख ८१ हजार ९ सय २ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।
कुनकाे मूल्य कति ?
मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड = ५२९ रुपैयाँ
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड = ५४१ रुपैयाँ
नागरिक लगानी काेष = १२९४ रुपैयाँ
कति दिने आवेदन ?
लगानीकर्ताले मेराे माइक्राेफाइनान्स र नागरिक लगानी काेषकाे सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । आरएमडीसी लघुवित्तकाे सेयरमा भने न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले मेराे माइक्राेफाइनान्स र आरएमडीसी लघुवित्तकाे हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी काेषकाे सेयरमा भने एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस