Like us!
Follow us!
Connect us!
Watch us!

कम्पनीको लाभांशको इतिहास, वर्तमान अवस्था र भविष्य हेरेर लगानी गर्ने सधैँ नाफामा

लगानीकर्ताको आवाज

विहीबार, ३१ भदौ २०७८, ११ : ०९ मा प्रकाशित

कोरोनाका कारण जारी लकडाउनले लगानीका अन्य क्षेत्रहरु बन्दा भएकाले र बैंकहरुमा तरलता बढेर मुद्दति निक्षेपको ब्याददर एक अंकमा झरेका कारण पनि नेपालको पुँजीबजारमा पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण बढेको बताउँछन् युवा लगानीकर्ता देब के.सी । 

अहिले सेयर बजारमा आएको प्रविधिको विकासका कारण पनि युवा लगानीकर्ताहरु आकर्षित भएको बताउँछन् के.सी । “पहिले जस्तो ब्रोकरकोमा गएर अर्डर गरेर सेयर किन्ने प्रणाली भएको भए सायद अहिले पनि बजारमा यति धेरै लगानीकर्ताहरुको उपस्थिती हुने थिएन होला तर अहिले घरमै बसेर, अफिसमै बसेर सेयर कारोबारका सम्पुर्ण कामहरु गर्न सकिने भएकाले पनि संख्यात्मक रुपमा अहिले लगानीकर्ताहरु बढेको देखिन्छ” उनले भने । 

त्यसैगरी, अहिले सेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढ्नुको प्रमुख कारण मनोविज्ञान पनि रहेको उनको तर्क छ । “अहिले फलानोले सेयरबाट यति कमायो भन्ने मानसिकताले पनि धेरैलाई सेयर बजारमा प्रवेश गराएको छ । त्यसैगरी आईपीओमा गरिने एक हजार रुपैयाँको लगानी बढेर केही महिनामै जसरी कतिपय कम्पनीहरुको पचाँसौ हजार पुगिरहेको छ त्यो कुराले पनि अहिले लगानीकर्ताहरुलाई थप बजार प्रवेश गर्न प्रोत्साहित गरिरहेको छ” उनले भने । 

यो बुलमा अन्य क्षेत्रहरुको तुलनामा वाणिज्य बैंकहरुको सेयर मूल्य बृद्धि नहुनुको मुख्य कारण भनेको नै यसको चुक्ता पुँजी अधिक भएको तर्क गर्छन् उनी । विगतका बुलहरुमा वाणिज्य बैंकहरुको सेयर मूल्य उच्च थियो तर अहिले वाणिज्य बैंकहरुको चुँक्ता पुँजी २ अर्बबाट ८ अर्ब बनाउँदा सेयर संख्यामा व्यापक वृद्धि पनि भयो जसले गर्दा सेयर मूल्य भने बढ्न सकेन । 

अहिलेको बजारमा लगानीकर्ताहरु कम्पनीले दिने बोनस भन्दा पनि सेयर मूल्यमा हुने वृद्धिबाट प्राप्त हुने मुनाफामा बढि केन्द्रित हुने गरेको उनको तर्क छ । अहिले क्षणिक रुपमा सेयर मूल्यमा हुने वृद्धिबाट राम्रो मुनाफा हाँसिल त गर्न सकिएला तर भएको सबै लगानी यस्ता कम्पनीहरमा लगानी गर्ने हो भने दिर्घकालिन रुपमा भने यस्ता कम्पनीहरुमा गरिने लगानीले नराम्रोसंग फसिन्छ त्यसैले जहिले पनि लगानीको योजना बनाउदा दुई तिहाइ भन्दा बढि लगानी आधारभुत रुपमा बलिया र राम्रो लाभांश वितरण गर्ने कम्पनीहरुमा र केहि प्रतिशत लगानी भने प्राविधिक पक्ष हेरेर ट्रेडिङ गर्नुपर्ने उनको सुझाव छ । 

सेयर बजारका नियामक निकायहरु नै विभिन्न सेयर प्रकरणमा मुछिनेले पनि नेपालमा इन्साइडर ट्रेडिङमा संलग्नहरुलाई कुनै कारबाहि हुन्न भन्ने कुरालाई प्रमाणित गरेको तर्क गर्छन के.सी । “विभिन्न नियामक निकायहरुको प्रमुख भएपछि पनि किन सेयर कारोबार गर्ने यदि उहाँहरुलाई सेयर कारोबार गर्न नै मन छ भने पहिले आफ्नो पदबाट राजिनामा दिनु पर्यो नि अहिले सर्वोत्तम प्रकरणमा मुछिएका नियामक निकायका प्रमुखहरुलाई कडा भन्दा कडा कारवाहि गर्न सकिएन भने भविश्यमा पनि यस्ता प्रकरण भइरहनेछन्” उनले भने ।

कम्पनीको वर्तमान अवस्था र भविष्य हेरेर योजनाबद्ध रुपमा लगानी गर्ने लगानीकर्ताहरुका लागि जहिले पनि बजार प्रबेशको समय उपयुक्त हुने उनको तर्क छ । बजारमा अहिले हल्ला गरिए जसरी अहिलेनै नेपालको पुँजीबजार बियरिस ट्रेन्डमा जान्छ भन्ने कुरामा उनि सहमत छैनन् । वाणिज्य बैंकहरुमा एक पटक र्याली नआउदमा सम्म बजार बियरिसमा नजाने उनको विश्लेषण छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको