Like us!
Follow us!
Connect us!
Watch us!

शेयरबजारको सिकारुको अर्थमन्त्रीलाई खुल्लापत्र

अर्थ संसार

शुक्रबार, ०१ असोज २०७८, १२ : १५ मा प्रकाशित

शेयरबजारको सिकारुको अर्थमन्त्रीलाई खुल्लापत्र

नेपाल राष्ट्र बैंककाे १२ कराेडकाे सीमा प्रकरणकाे अहिले चाैतर्फी विराेध भइरहेकाे छ । लगानीकर्ताहरूले विभिन्न माध्यमबाट कर्जा सीमाकाे विराेधमा बाेलिरहेका छन् ।

केही लगानीकर्ताहरू मिलेर "पुँजी बजार सुधार संघर्ष समिति" नामक समिति गठन गरी अर्थमन्त्री र गभर्नरकाे बर्खास्तकाे मुख्य मागसहित हिजाे (बिहीबार) बाट नेपाल स्टक एक्सचेञ्जकाे प्राङ्गणमा आमरण अनसन सुरू गरेका छन् । यसअघि पहिलाे चरणमा उनीहरूले रिले अनसन गरेका थिए ।

आन्दोलनरत समूहले विभिन्न निकायहरुसँग वार्ता समेत गरेकाे थिए । वार्ताकाे क्रममा उक्त समूह अर्थमन्त्रीसँग वार्ता गर्न भन्दै अर्थमन्त्रालय पुगे पनि अर्थमन्त्रीले समय नदिँदा वार्ता हुन सकेकाे थिएन तर अर्थमन्त्रीको सचिवालयका जिम्मेवार व्यक्तिहरुले नै आन्दोलनरत लगानीकर्ताहरुलाई सेयर बजार जति घटेपनि आफूहरुलाई कुनै मतलव नहुने र आन्दोलन गर्ने २-४ जना लगानीकर्ताहरु मरेपनि केहि फरक नपर्ने भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएका समितिका मिडिया संयोजक रोहन कार्कीले बताएका छन् । 

सामाजिक सञ्जालमा "शेयरबजारको सिकारु" नामले चिनिने एक लगानीकर्ताले अर्थमन्त्रीको सचिवालयका जिम्मेवार व्यक्तिहरूकाे याे अभिव्यक्तिकाे बारेमा बाेल्दै अर्थमन्त्रीलाई खुल्लापत्र लेखेका छन् ।

उनकाे खुल्लापत्र यस प्रकारकाे छ :
 

माननीय मन्त्रीज्यु सन्चै हुनुहुन्छ नि ? कामको चापाचाप छ हजुरलाई बजेट होलिडे लागेको छ तैपनी यो खुल्लापत्र पढ्नुहुन्छ भन्ने आशा छ! हजुरलाई भेट्न गारो छ रे साथीहरूले भेट्नखोज्दा त्यसैले आफ्ना कुरा राख्न यो खुल्लापत्र लेख्दैछु! 
तपाईको सचिवालय का साथिहरुले भन्नुभयो रे हामी शेयर बजार बढाउदैनौ २/४ जना मरे केही हुन्न ! के यो साचो हो??? तपाईलाई के लाग्छ आज शेयरबजारमा केवल शहरका धनी ब्यक्तिहरु मात्र लगानीकर्ता छन??? होइन आज गाउका गरिब सोझा जनता, मजदुर, किसान अनि तल्लो बर्गका जनताहरु पनि यो बजारमा सक्रिय छन! ४३ लाख जनताको सम्पत्ति हो शेयरबजार!! अनि यी ४३ लाख जनताको सम्पती संरक्षण तपाईको दायित्व भित्र पर्छ कि पर्दैन??? 
यो बजारबाट कर उठाउने अनि बजार समस्यामा पर्दा दायित्वबाट उम्कन मिल्छ???
यो बजारमा समस्या छन भने समाधान गरियोस... इन्साईडर ट्रेडिङ , कर्नरिग गरि जुवाघर बनाइएको छ भने दोषीलाई कारबाही गरियोस! यहाँ भएका तमाम समस्याहरुलाई अनुसन्धान गरि समाधान गरियोस!! तर शेयरबजारमैत्री नीति ल्याएर बजारको संरक्षण गर्नुको सट्टा बजारलाई अस्थिर बनाई सिमित ब्यक्तिको स्वार्थमा काम नगरियोस!
हाम्रो माग यत्ती हो...बजारमा रहेका तमाम लगानिकर्ताको बजारप्रती बिश्वास हुने नीति र बाताबरण बनोस यो बजार आमलगानिकर्ताको आशाबिपरित जुवाघरमा परिणत नहोस!
आशा छ कुनै माध्यमबाट यो पत्र तपाईसम्म पुग्नेछ !!
नत्र ४३ लाख लगानिकर्ताको आक्रोश थाम्न तयार रहनुहोला!!
सम्पुर्ण लगानिकर्ताहरुको तर्फबाट !!
धन्यवाद !!!
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको