Like us!
Follow us!
Connect us!
Watch us!

'फोन राख्नुस् मन्त्री ज्यू, मेरो कुरा सुन्नुस्'

अर्थ संसार

मंगलबार, ३१ असार २०८२, १३ : ४९ मा प्रकाशित

'फोन राख्नुस् मन्त्री ज्यू, मेरो कुरा सुन्नुस्'

इपानको २३ औँ वार्षिक साधारणसभा मंगलबार आयोजना भयो ।

उक्त सभामा पूर्व प्रधानमन्त्री शेर बहादुर देउबा लगायत मन्त्रीहरु तथा पूर्व मन्त्रीहरु सहभागि रहेका थिए । खचाखच भरिएको यक एण्ड एतिको हलमा पूर्व ऊर्जा मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई बोल्नका लागि ड्यासमा बोलाइयो । उनी ऊर्जा क्षेत्रको विकासका लागि गर्नु पर्ने काम र भइरहेका कामका विषयमा बोल्दै थिए । त्यतिकैमा ऊर्जा, जलस्रोत तथा सिचाईँ मन्त्री दिपक खड्काको मोबाइलमा फोन आउँछ ।

त्यो बेला शर्मा ड्यासबाट खालाको लाइसेन्स लिएर होल्ड गरिरहेकाहरुले गर्दा वास्तविक डेलपमरहरुले परियोजना नपाएको गुनासो गरिरहेका थिए । मन्त्री फोनमा व्यक्त भएको देखे पछि शर्माले भने उत्पादन गर्छौं भन्नेहरुले परियोजना पाउन सकेका छैनन्,’ उनले भने, ‘यो कुराको अन्त्य गरियोस् मन्त्री ज्यू, फोन राख्नुस् मेरो कुरा सुन्नुस् ।’ त्यस पछि हलमा हाँसो सहितको तालि बज्यो । त्यस पछि उर्जा मन्त्रीले पनि फोन रोखेर शर्माको भाषणमा ध्यान दिए । 
त्यसपछि शर्माले आयोजनाको लाइसेन्स लिनेहरुको आयोजना बनाउने क्षमता छ कि छैन भन्ने कुरा पनि हेुर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।

‘आज दर्जनौं परियोजनाहरु कुनै व्यक्ति वा कम्पनीको नाममा छन् । उनले एउटा कम्पनीलाई एक वा दुई वटा भन्दा बढी लाइसेन्स दिन नहुने पनि बताए । धेरै लाइसेन्स लिएकाहरुको लाइसेन्स खारेज गर्नु पर्ने शर्माको भनाइ छ । त्यस्तै लामो समयसम्म लाइसेन्स लिएर काम नगर्नेहरुलाई कारवाही गर्नु पर्ने उनले बताए । डेलपरहरु पनि जिम्मेवार हुनु पर्ने उनले बताए । विद्युत कच्चा पदार्थ भएकाले बिक्री गर्ने भन्दा पनि धेरै भन्दा धेरै स्वदेशमा खपत गर्नु पर्ने उनको भनाइ छ । विद्युत बिक्री गरेर देश धनी नहुने भन्दै खपत गरेर मात्रै देशले विकास हासिल गर्ने उनको भनाइ छ । 

ऊर्जा क्षेत्रका लागि सहजिकरण गर्ने सरकारले काम गर्नु पर्ने भन्दै उनले पश्चिम नेपाल विद्युत आयोजना सञ्चालन हुन नसकेको भन्दै त्यस तर्फ पनि काम हुनु पर्ने उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको