नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले प्रतिनिधिसभाको शून्य समयमा गभर्नर नियुक्ति जस्तो संवैधानिक जिम्मेवारीसमेत पूरा गर्न नसकेको भन्दै सरकारको क्षमता र प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा धारणा राख्दै उनले यस्तो प्रश्न उठाएका हुन् । शर्माले शून्यमा उडाउनका लागि भएको भए बन्द गर्न माग गरे। शून्य समयमा राखिएका प्रश्न शून्यमा उडाउनका लागि नभएमा सरकारलाई गम्भीर भएर जवाफ दिन निर्देशन दिन सभामुखलाई आग्रह गरे ।
उनले भने, ‘सरकार जनताका प्रश्न, जनप्रतिनिधिका प्रश्नको जवाफ दिनसमेत तयार छैन । सरकारको यस्तो गैह्रजिम्मेवारी किन शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ । होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशन दिन माग गर्दछु ।’
उनले सरकारलाई ५ प्रश्न पनि सोधे । उनका प्रश्न यस्ता छन् ।
१, नेता रेशम चौधरीलाई नक्कली पत्र बनाएर किन जेल राखियो ?
२, गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो ?
३, विश्वविद्यालयमा उपकुलपति किन खाली भइरहेका छन् ?
४, स्वास्थ्य बिमा किन भुक्तानी गरिँदैन ?
५, मध्य पहाडी कोरिडोर, भेरी नदी पुल, बरेला पुल, जलिदार पुल, तमोर कोरिडोर र हुलाकी मार्गका अलपत्र पुल निर्माण कहिले हुन्छन् ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस