Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तले एकैचाेटी थप्याे ३ वटा नयाँ शाखा

अर्थ संसार

शुक्रबार, ०१ असोज २०७८, १५ : १३ मा प्रकाशित

गणपति लघुवित्तले एकैचाेटी थप्याे ३ वटा नयाँ शाखा

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ३ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

संस्थाले प्रदेश नं. ०१ अन्तर्गत मोरङ्ग जिल्लाको बुढीगंगा, प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लाको पोर्ताहा र रौतहट जिल्लाको परोहामा ३ वटा नयाँ शाखा कार्यालयहरु आज असाेज १ गतेबाट सञ्चालनमा ल्याएको हाे । यसका साथै संस्थाले निकट भविष्यमा थप ४ वटा नयाँ शाखा स्थापना गर्ने लक्ष्य लिएको छ । 

थपिएकाे शाखासँगै संस्थाको शाखा संख्या ४३ पुगेको छ । २२ वटा जिल्लामा कार्यक्षेत्र विस्तार गरेको यस संस्थाले ग्रामिण क्षेत्रका २९ हजार ७ सय ४३ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको