Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरोः असंगठित लगानीकर्ता आन्दोलमा, संगठित समूह रमिते !

अर्थ संसार

शुक्रबार, ०१ असोज २०७८, १६ : १३ मा प्रकाशित

सेयर बजारमा पहिरोः असंगठित लगानीकर्ता आन्दोलमा, संगठित समूह रमिते !

अहिले नेपालको पूँजी बजार लगानीकर्ताहरुको एक समूह आन्दोलनमा छ । पूँजी बजार संघर्ष समितिको नेतृत्वमा शुक्रबारदेखि आमरण अनशन भइरहेको छ । यस अघि समितिले मोटरसाइकल र्यालिसहित रिले अनसन गरेको थियो ।

यसरी लगानीकर्ताको एक समूह सेयर बजारको सुधारसम्बन्धी विभिन्न माग राख्दै आन्दोलनमा होमिएको अवस्थामा विभिन्न लगानीकर्ताका नाममा खोलिएका संघ संगठनका नेताहरुकाे भने आन्दोलनमा उपस्थिति देखिँदैन । 

लगानीकर्ताहरुका नाममा खोलिएका विभिन्न संघसंगठनहरु लगानीकर्ताहरुको हितका लागि भन्दा आफ्नो स्वार्थपूर्तिका लागि खोलिएको सीमित व्यक्तिहरुको समूह मात्र भएको आरोप आन्दोलनकर्ताहरुको छ । 

हामीले लगानीकर्ताहरुको आन्दोलन र सेयर बजारको अहिलेको अवस्थाका बारेमा विभिन्न लगानीकर्ता संघका प्रतिनिधीहरुसँग कुराकानी गरेको छौं । उनीहरुको भनाई जस्ताको तस्तैः

राधा पोख्रेल, अध्यक्ष नेपाल पूँजी बजार लगानीकर्ता संघ 

आफ्नो स्वास्थ्यमा केही समस्या आएका कारण लगानीकर्ताहरुले गरिरहेको आन्दोलनमा भौतिक रुपमा उपस्थित हुन सकेकी छैन ।  लगानीकर्ताहरुको आन्दोलनमा हाम्रो सगठनको पूर्ण समर्थन र ऐक्यवद्धता छ । 

तिजपछि मेरो स्वास्थ्यमा केही समस्या आएका कारण बाहिर निस्कन नसक्दा भौतिक रुपमा म लगानीकर्ताहरुको आन्दोलनमा सहभागी हुन सकेकी छैन । तर मैले यस विषयमा विभिन्न सम्वद्ध निकायहरुसँग छलफल गरिरहेकी छु । पटक पटक अर्थमन्त्रालय र राष्ट्र बैंकसँग मेरो कुराकानी भएको छ । अर्थमन्त्रालयले राष्ट्र बैंक स्वायत्त निकाय भएकोले धेरै हस्तेक्षप गर्न नमिल्ने भएकाले तुरुन्तै लगानीकर्ताहरुको माग सम्बोधन गर्न नसकिएको बताउँदै गर्दा मैले यदि १२ करोडको क्यापको व्यवस्था तत्काल खारेज हुन सक्दैन भने कर्जा तिर्ने सिमा १ वर्षलाई परिमार्जन गर्न आग्रह गरेकी छु । मेरो स्वास्थ्यमा सुधार आउने बित्तिकै म लगानीकर्ताहरुको आन्दोलनमा सरिक हुनेछु । लगानीकर्ताहरुका माग हाम्रा पनि माग हुन् । त्यसैले सम्वद्ध निकायहरुलाई हाम्रो आमरण अनसनमा बसेका साथीहरुका मागहरुको यथासिघ्र सम्बोधन गरी उहाँहरुको जीवन रक्षा गर्न सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछु । 

दुर्गा तिवारी, महासचिव नेपाल इन्भेष्टर्स फोरम

अहिले आन्दोलनरत लगानीकर्ताहरुका विभिन्न मागहरुमध्ये अर्थमन्त्रीको र गर्भरनरको राजिनामाको राजनितिक माग बाहेकका अन्य सेयर बजारसँग सम्बन्धित विभिन्न १६ बुँदे मागहरुमा हाम्रो संगठनको समर्थन छ । 

राष्ट्र बैंक ल्याएको मौद्रिक नीति र विभिन्न नियामक निकायहरुले समय समयमा ल्याउने नीतिहरुले बजारमा प्रभाव पारिरहेको छ । बजारलाई नियामक निकायहरुले विभिन्न बहानामा प्रहार गर्ने काम बन्द गर्नुपर्छ । हामीले राष्ट्र बैंकले ल्याएको नीतिको विरोध गरिनै रहेका छौँ । हाम्रो विरोधको शैलि फरक हुन सक्छ । उहाँहरु आन्दोलनको माध्यामबाट सम्बद्ध निकायहरुलाई दवाव दिइरहनु भएको छ भने हामीले अन्य ढंगले दवाद दिइरहका छौं । हाम्रो माग एउटै हो । सेयर बजारको विकास र स्थायित्व हाम्रो प्रमुख माग हो । यसमा हामी निरन्तर लागि रहेका छौं । 

अर्थमन्त्रालयसँगको छलफलमा पनि उहाँहरुले मौद्रिक नीति भन्ने वित्तिकै परिवर्तन गर्न सकिदैन । तीन तीन महिनामा मौद्रिक नीतिको समिक्षा हुन्छ । आवश्यक परे हामी मौद्रिक नीतिको आगामी समिक्षामा यसलाई विचार गर्ने छौं भन्ने अनश्वासन दिनु भएको छ । त्यसैले हामी आसावादी छौं । यसो भन्दैमा अहिले हामी चुपचाप हेरेर बसिरहेका छैनौं । हामीले निरन्तर नियामक निकायहरुलाई सेयर बजारको विकासका लागि घच्घच्याइ रहेका छौं । 

विश्वमा सेयर बजारको वृद्धि हुँदा नियामक निकाय तथा सरकारले खुसियाली मनाउने गर्छन् । तर बिडम्बना हाम्रो देशमा भने जबजब सेयर बजार बढ्न लाग्छ तबतब विभिन्न विकायहरुबाट विभिन्न वहानामा बजारमाथि प्रहार गर्ने काम भइरहेको छ । हामी त्यसको विरोधमा छौं । बजारलाई स्वतन्त्र छोड्नुपर्छ । नियामक निकायहरुको काम यसलाई अनावश्यक हस्तक्षेप र नियन्त्रण गर्नेभन्दा यसलाई नियमन र विकास गर्ने भएकाले त्यहिअनुसार आफ्नो भुमिका र्निवाह गर्नुपर्छ ।

अनशन स्थलबाटै आमरण अनसन बसेका २० बर्षिय युवा लगानीकर्ता आदित्य शिवाकोटीसँगको Exclusive कुराकानी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको