Like us!
Follow us!
Connect us!
Watch us!

काबुल स्ट्राइकमा निर्दोष नागरिक मारिएको पुष्टि, अमेरिकाले माग्यो माफी

अर्थ संसार

शनिबार, ०२ असोज २०७८, ०८ : ५८ मा प्रकाशित

काबुल स्ट्राइकमा निर्दोष नागरिक मारिएको पुष्टि, अमेरिकाले माग्यो माफी

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको काबुल एयरस्ट्राइकमा निर्दोष नागरिक मारिएको भन्दै क्षमायाचना गरेको छ । अमेरिकी रक्षामन्त्री लायड अस्टिनले अफगानी नागरिकको मृत्युप्रति माफी मागेका हुन् ।

तालिवानले अफगानिस्तान कब्जामा लिएपछि २६ अगस्टमा भएको आत्मघाती हमलामा १३ अमेरिकी सैनिकसहित दुई सय जना मारिएका थिए । आईएसआईएस-केले जिम्मेवारी लिएको हमलापछि अमेरिकाले जवाफी कारवाहीअन्तर्गत ड्रोन हमला गरेको थियो । हमलामा काबुल हमलाका मास्टरमाइण्ड मारिएको अमेरिकाले दाबी गरेको थियो । तर उक्त एयरस्ट्राइकमा निर्दोष नागरिक मारिए भन्दै चौतर्फी प्रश्न उठेको थियो । यसमा जाँचबुझ गरेको अमेरिकाले गल्ती स्वीकार्दै माफी मागेको हो ।

अमेरिकी रक्षा मन्त्रालयले जाँचपछि आतंकवादी नभई निर्दोष नागरिक मारिएको पाइएको जनाएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका कमाण्डर जनरल केन्नथ मेकेंजीले स्ट्राइक एक दु:खद गल्ती भएको बताएका छन् ।

२९ अगस्टमा अमेरिकी ड्रोन हमलामा ७ बालबालिकासहित १० जना मारिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको