Like us!
Follow us!
Connect us!
Watch us!

काबुलका विद्यालयमा भएकाे विस्फोटमा परी ६ जनाको मृत्यु

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, १७ : ०४ मा प्रकाशित

काबुलका विद्यालयमा भएकाे विस्फोटमा परी ६ जनाको मृत्यु

अफगानिस्तानको काबुलमा मंगलबार विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । पश्चिम काबुलको एउटा छात्र विद्यालयमा तीन विस्फोट भएको अफगान सुरक्षा बलले जनाएको छ ।

अफगानिस्तानमा जातीय एवं धार्मिक अल्पसंख्यक शिया र हजारा समुदाय बारम्बार इस्लामिक स्टेटसहित सुन्नी लडाकु समूहहरूको निसानामा पर्ने गरेको छ । आक्रमणको जिम्मेवारी तत्काल कसैले पनि लिएको छैन ।

तालिबानले गएको अगस्टमा सत्ता हातमा लिएपछि आफूहरूले देश सुरक्षित गरेको बताउँछन् । तर, अन्तर्राष्ट्रिय अधिकारी र विश्लेषकहरूले उग्रवादको पुनरूत्थानको जोखिम अझै बाँकी रहेको र इस्लामिक स्टेट लडाकु समूहले धेरै ठूला हमलाहरू गरेको दाबी गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको