Like us!
Follow us!
Connect us!
Watch us!

संविधान दिवस: विभूषण पाउनेमा कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म (९०३ जनाको नामसहित)

अर्थ संसार

आइतबार, ०३ असोज २०७८, ०७ : ५९ मा प्रकाशित

संविधान दिवस: विभूषण पाउनेमा कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म (९०३ जनाको नामसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९०३ जनालाई विभिन्न विभूषण, अलंका र पदक प्रदान गरेकी छन्। 

नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिएको छ ।नेपालको सबैभन्दा ठूलो मान-पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रदान गरिने भएको हाे ।

मन्त्रिपरिषदका पूर्वअध्यक्ष सूवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता  झलनाथ खनाललाई राष्ट्र गौरव पदवी प्रदान गरिएको छ । 

२९ भदौको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, स्वर्गीय तुलसीलाल अमात्य, स्वर्गीय मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्वर्गीय दुर्गानन्द झा र स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यलाई महाउज्जवल राष्ट्रदीप प्रदान गरेकी छन् । 

सुप्रसिद्ध प्रबल जनसेवा राजनीतिज्ञ प्रदीप नेपाल, स्व. पोस्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य र पीएल सिंहलाई प्रदान गरिने छ ।

उज्ज्वल कृतिमय राष्ट्रदीप मान-पद्वी सर्वाेच्च अदातलतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाएका छन् ।

प्रसिद्ध प्रबल जनसेवाश्रीबाट ३९ जनालाई प्रदान गरिएकाे छ। 

61469ebf8029d.jpeg 61469ebfa9882.jpeg 61469ec03434a.jpeg 61469ec0703fe.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको