Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि नयाँ नोट साट्न पाइने

अर्थ संसार

सोमबार, ०४ असोज २०७८, १० : २९ मा प्रकाशित

आजदेखि नयाँ नोट साट्न पाइने

नेपाल राष्ट्र बैंकले दशैंका लागि आज (असाेज ४ गते, साेमबार) बाट नयाँ नाेट वितरण गर्दैछ । राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी,  उपत्यकाबाहिर भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमार्फत नोट सटहीको सुविधा लिन सकिने व्यवस्था रहेको राष्ट्र बैंककाे सूचनामा उल्लेख छ । 

नोट सटही गर्न जाँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड तथा सामाजिक दरीको पूर्ण पालना गर्न पनि राष्ट्र बैंकले अनुराेध गरेकाे छ । 

राष्ट्र बैंककाे सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको