Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी डलरको भाउले बनायो नयाँ रेकर्ड, अन्य मुद्राको भाउ कति?

अर्थ संसार

शुक्रबार, २१ भदौ २०८१, ०८ : २७ मा प्रकाशित

अमेरिकी डलरको भाउले बनायो नयाँ रेकर्ड, अन्य मुद्राको भाउ कति?

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १३४.०८ रुपैयाँ र बिक्रीदर १३४.६८ रुपैयाँ छ । यो भाउ हालसम्मकै उच्च हो। यसअघि डलरको विक्री मूल्य गत साउन २९ गते १३४.६६ रुपैयाँ पुगेको थियो।

आज एक युरोको खरिददर १४८‍‍‍.९३ रुपैयाँ र बिक्रीदर १४९‍.६० रुपैयाँ कायम भएको छ। बिहीबार खरिददर १४८.१६ र विक्रीदर १४८.८२ रुपैयाँ थियो।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.६४ रुपैयाँ र बिक्रीदर १७७.४३ रुपैयाँ निर्धारण भएको छ।  बिहीबार खरिददर १७५.८० र विक्रीदर १७६.५९ रुपैयाँ थियो।

अष्ट्रेलियन डलर एकको खरिददर ९०.२४ रुपैयाँ र बिक्रीदर ९०.६५ रुपैयाँ छ। बिहीबार खरिददर ९०.०९ र  विक्रीदर ९०.४९ रुपैयाँ थियो।

क्यानेडियन डलर एकको खरिददर ९९.२५ रुपैयाँ र बिक्रीदर ९९.७० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ छ। 

त्यस्तै, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५१ रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९१ रुपैयाँ र बिक्रीदर ३१.०५ रुपैयाँ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको