Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा यसै साता १ अर्ब ४० करोड पैसा भित्रिँदै

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, १७ : ३५ मा प्रकाशित

बजारमा यसै साता १ अर्ब ४० करोड पैसा भित्रिँदै

नेपाली पूँजी बजारमा यस साता ठूलो रकम भित्रिने भएको छ । नयाँ ब्रोकरहरू मार्फत् यसै साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ अर्ब ४० करोड रूपैयाँ बराबरको रकम भित्रिने भएको हो ।

नेप्सेबाट कारोबार सदस्यता पाएका ७ वटा नयाँ ब्रोकरले केही समस्या नआएमा यही बुधबारबाट नियमित कारोबार सुरू गर्ने भएका छन् । ७ वटै नयाँ ब्रोकरले गत बिहीबार नेप्सेमा पहिलो कारोबार गरेका थिए । ७ वटा ब्रोकरले गरेर कुल  २१० कित्ता सेयर खरीद गरेका थिए । यी ब्रोकर मार्फत १ लाख ७ हजार ९ सय ७५ रुपैयाँ बराबरको सेयर खरिद भएको थियो । यो कारोबार परिक्षणका लागि थियो । उक्त सेयरहरूको सेटलमेन्ट मंगलबारसम्म सकिन्छ । त्यसैले, केही समस्या नआएमा यही बुधबारबाट नयाँ ब्रोकरहरूले नियमित कारोबार सुरू गर्ने भएका हुन् ।

काराेबार सुरू गर्न लागेका ७ वटा नयाँ ब्राेकरहरू यस प्रकारका छन् :

१. सन सेन्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६४)

२. मियो सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६६)

३. हिमालयन ब्रोकरेज प्रा.लि. (ब्रोकर नम्बर ६३)

४. सेयरप्रो सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६५)

५. भोले गणेश सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६१)

६. क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६२)

७. प्रोपर्टी विजार्ड प्रा.लि. (ब्रोकर नम्बर ६७)

नयाँ ब्रोकरहरूले कारोबार सुरू गर्दा दोश्रो बजारमा १ अर्ब ४० करोड रूपैयाँ थपिन्छ । किनकी ७ वटा ब्रोकरको २०(२० करोड पूँजी गरेर कुल रकम १ अर्ब ४० करोड रूपैयाँ हुन्छ । 

सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए।  त्योमध्ये सबै मापदण्ड पूरा गरेका ७ वटा ब्रोकर कम्पनीलाई नेप्सेबाट कारोबार सदस्यता प्रदान गरिएको थियो । सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्।  कारोबार सदस्यता पाएका ७ वटा नयाँ ब्रोकरहरूले सीडीएस एण्ड क्लियरिङ लिमिटेड ९सिडीएससी० बाट असार २५ गते, सोमबार  'क्लियरिङ मेम्बर' अर्थात् राफसाफ सदस्यता पाएका थिए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको