Like us!
Follow us!
Connect us!
Watch us!

संखुवासभा सामूहिक हत्या प्रकरण : लोकबहादुर होइन, खड्गबहादुर कार्की मुख्य योजनाकार

अर्थ संसार

सोमबार, ०४ असोज २०७८, ११ : ५३ मा प्रकाशित

संखुवासभा सामूहिक हत्या प्रकरण : लोकबहादुर होइन, खड्गबहादुर कार्की मुख्य योजनाकार

संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले हत्याकाण्डमा मुख्य आरोपी भन्दै लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । 

तर, सो हत्याकाण्डमा अन्य चारजना आरोपीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । हत्याका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप चारजनालाई सोमबार बिहान सार्वजनिक गरेको हो । हत्या घटनामा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीको संलग्नता देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गत २१ भदौमा ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाति दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

यसअघि पक्राउ परेका लोकबहादुरले आफूमाथि विभिन्न लाञ्छना लगाएको, हेपेकाले तेजबहादुरको हत्या गरेको र अन्यले पनि देखेकाले थप पाँचजनाको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको थियो । (न्युज कारखाना)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको