Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको पुँजी बजार सुधारको माग गर्दै दक्षिण कोरियामा प्रदर्शन

अर्थ संसार

सोमबार, ०४ असोज २०७८, १३ : २५ मा प्रकाशित

नेपालको पुँजी बजार सुधारको माग गर्दै दक्षिण कोरियामा प्रदर्शन

नेपालको पुँजी बजारको सुधारको माग गर्दै दक्षिण कोरियामा रहेका नेपाली लगानीकर्ताहरुले नेपाली दुतावास अगाडी विरोध प्रदर्शन गरेकाछन् । नेपालमा केहि समय देखि पुँजीबजार संघर्ष समितीका नाममा विभिन्न विरोधका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । 

सोहि समितीको आह्वानमा कोरियामा पनि प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागिहरुले विभिन्न प्ले कार्डहरु सहित बैंकहरुलाई ब्रोकर लाइसेन्स दे, लगानीकर्ताको लगानी सुरक्षित गर, राष्ट्र बैंकको लगानीकर्ता माथिको कुरठाराघाति निति खारेज गर जस्ता नाराहरु सहित प्रदर्शन गरेका थिए ।

नेपालको सेयर बजारका ठुला लगानीकर्ता एबं अहिले  पूँजी बजार संघर्ष समितिको नेतृत्वमा भइरहेको आन्दोलनका एक नेतृत्वकर्ता दिपेन्द्र अग्रवालले अहिले आम लगानीकर्ताहरु आफ्नो अधिकारको रक्षाको लागि, आफ्नो सपनाको परिपुर्ति लागि, आफ्नो सम्पतिको सुरक्षाको लागि, आफ्नो लगानी स्वतन्त्रताको लागि, आफ्नो रोजि रोटिको लागि हामी एकबद्द हुन आह्वान गरेका थिए । 

अग्रवालले भनेका थिए तपाईं यदि काठमाडौँ बाहिर हुनुहुन्छ भने त्यहाँको नेपाल राष्ट्र बैंकको घेराउ गर्नुहोस, तालाबन्दी गर्नुहोस, धरना प्रदर्शन गर्नुहोस यदि तपाई देश बाहिर हुनुहुन्छ भने तपाइले नेपाली दूतावासको अगाडी गएर धरना प्रदर्शन गरेर बिरोध जनाउनुहोस , तपाई काठमाडौँमा हुनुहुन्छ भने नेप्से, सेवोन वा नेपाल राष्ट्र बैंक अगाडि एक्लो भए पनि तपाईको विरोध धरना प्रदर्शन गर्नुहोस साथै हामिलाई त्यस्ता गतिविधि हरुको , विरोध कार्यक्रमहरुको भिडियो पनि बनाउनु होस हामी तपाईहरुले पठाउनु भएका भिडियोहरुलाई विभिन्न संचारका माध्यमहरु प्रयोग  गरि थप बुलन्द बनाउने छौं । फेसबुक, ट्यूटर, क्लवहाउस जस्ता समाजिक संजालहरुमा पनि आफ्नो विरोध जनाउन सक्नु हुन्छ। यसलाई गुरिल्ला वार ट्याक्टिस पनि भनिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको