Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ क्यापिटलको वार्षिक साधारणसभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित

अर्थ संसार

सोमबार, ०४ असोज २०७८, १५ : ५७ मा प्रकाशित

मुक्तिनाथ क्यापिटलको वार्षिक साधारणसभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित

मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । क्यापिटलका संचालक समितिका अध्यक्ष सिताराम काफ्लेकोअध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । 

होटेल क्राउन  इम्पेरियलमा सम्पन्न भएको साधारणसभाले प्रस्तावित १८ प्रतिशत  नगद लाभांश पारिरत गरेको छ । 

यस मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धीसेवाहरु प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले यस आर्थिक बर्ष देखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु समेत संचालनगर्ने योजना रहेको छ । त्यसैगरी यसै आर्थिक बर्ष भित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रबद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना ब्यबस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना समेत  रहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको