Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु हेलिकप्टरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ संसार

विहीबार, ०५ पुस २०८०, ०७ : ४० मा प्रकाशित

प्रभु हेलिकप्टरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

प्रभु हेलिकप्टरले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । यससँगै प्रभु हेलिकप्टर नेपालको पुँजी बजारमा पहिलो हेलिकप्टर कम्पनी बन्ने भएको छ ।

आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले ६ करोड ६० लाख सेयर पुँजी बराबरको एक सय अंकित दरको ६ लाख ६० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । यससँगै, प्रभु हेलिकप्टर नेपालको पुँजी बजारमा पहिलो हेलिकप्टर कम्पनी बन्ने भएको छ ।

कम्पनी पर्यटन तथा नागरिक उडायन क्षेत्रमा सन् २००९ मा स्थापना भएको हो । हाल यस कम्पनीले विश्वको प्रख्यात एयरबस कम्पनीद्धारा निर्मित एयरबस एच१२५ र अमेरिका तथा अन्य विश्वमा अति विश्वसनीय कम्पनी रोबिनसन हेलिकप्टर कम्पनीद्वारा निर्मित रोबिनसन आर६६ जस्ता नयाँ ब्रान्डेड हेलिकप्टरहरुद्वारा गुणस्तरीय र सुरक्षित हवाई सेवा प्रदान गरिरहेको छ ।

कोभिड-१९ माहामारी पछि, पर्यटन क्षेत्रमा सुधार देखिकोले वायु सेवामा तीव्र गतिको माग भएकोले प्रभु हेलिकप्टरले आगामी वर्षमा थप २ वटा नयाँ हेलिकप्टर सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको