Like us!
Follow us!
Connect us!
Watch us!

६ मे.वाको परियोजना बनाईरहेको एपोलो हाईड्रोपावरले जारी गर्ने आइपिओ सेयरको प्रत्याभूति मुक्तिनाथ क्यापिटलले गर्ने

अर्थ संसार

बुधबार, १८ पुस २०८०, १६ : ३१ मा प्रकाशित

६ मे.वाको परियोजना बनाईरहेको एपोलो हाईड्रोपावरले जारी गर्ने आइपिओ सेयरको प्रत्याभूति मुक्तिनाथ क्यापिटलले गर्ने

एपोलो हाईड्रोपावरले सर्वसाधारणहरुमा निष्काशन गर्नेे तयारी गरेको साधारण सेयरको प्रत्याभूति मुक्तिनाथ क्यापिटलले गरेको भएको छ। 

यसै सम्बन्धमा मुक्तिनाथ क्यापिटलका  प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी र कम्पनीका कार्यकारी अध्यक्ष आङ तेन्जी शेपा बिच सम्झौता भएको छ।

मुक्तिनाथ क्यापिटलले १४ लाख १० हजार कित्ता साधारण सेयर प्रत्याभूति गर्ने भएको हो। 

कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत आयोजना ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरी ६ मे.वा. विद्युत उत्पादन क्षमता रहेको छ । यस कम्पनीले नेपाल विद्युत प्राधिकरण संग २०७५ साल श्रावण २२ गते विद्युत खरिद सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५% सम्पन्न गरिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको