Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लिलामीमा मुक्तिनाथ क्यापिटलले देखायो पारदर्शिताको नमुना

अर्थ संसार

आइतबार, २८ माघ २०८०, १३ : २१ मा प्रकाशित

सेयर लिलामीमा मुक्तिनाथ क्यापिटलले देखायो पारदर्शिताको नमुना

मुक्तिनाथ क्यापिटलले लिलाम कार्य बिना कुनै त्रुटि र विवाद बिना सम्पन्न गरेर उदाहरण पेश गरेको छ। 

क्यापिटलले घलेम्दी हाइड्रो लिमिटेडको सेयर लिलामी सरल प्रकिया मार्फत बोलकबोल आवेदन दिने समय सकिएको तीन दिनमै खोली नतिजा सार्वजनिक गर्दै सम्पन्न गरेर लिलाम कार्य कसरी गर्ने भन्ने बजारका अरु क्यापिटललाई आफ्नो काम मार्फत देखाएको छ । 

कम्पनीले काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्समा शनिबार फेसबुक लाइभमार्फत सार्वजनिक रुपमै आवेदक दिनेहरुको नाम, कबोल गरिएको कित्ता र मूल्यसहित नतिजा शिलबन्द खामहरु खोलेर पारदर्शिताको नमुना प्रस्तुत पनि गर्यो। 

यस अघि ]लक्ष्मी सनराइज क्यापिटलले अपर तामाकोशी हाइड्रोपावरको सेयर लिलामीमा प्रक्रिया २ दिनमा रोकिदा प्रकिया माथि नै प्रश्न उठेको थियो।  लक्ष्मी सनराइज क्यापिटलको कार्यालयको खाली परिसरमा पाल हालेर सुरु गरिएको लिलामी शुक्रबार साँझ र शनिबार साँझ रोकेर गरेको थियो। 

लिलाम खोल्दा खोल्दै बिचमा रोक्नु भनेको एक प्रकारको चलखेल नै हो भन्ने जानकारहरुको तर्क छ।  धेरै लगानीकर्ता पनि लिलामी प्रक्रियामा लक्ष्मी सनराइज क्यापिटलले धादली र अनुचित कार्य गरेकोले नियामकले यस पुरै प्रकियाको छानबिन गर्नुपर्ने बताएका थिए।  कुनै पनि बाहनामा लिलाम खोल्ने प्रकिया सुरुवात भएपछि रोकिनु हुदैँन तर अपरको लिलाम दुई दुई पटक स्थगित भयो। यो लिलाम प्रक्रिया कै क्यापिटलले धज्जी उडाएको जानकारहरुको तर्क रहेको छ।

साथै धितोपत्र बोर्डका अध्यक्ष नहुँदा क्यापिटलले त्यसको नराम्रो फाइदा लिएको पनि आरोप लागेको थियो। 

घलेम्दी हाइड्रोले माघ ९ गतेदेखि माघ २३ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएकाे हो । लिलामी सेयर बाँडफाँडकाे अन्तिम मूल्य (कट अफ प्राइस) न्यूनतम १५२ रुपैयाँ कायम भएकाे छ । 

घलेम्दी हाइड्रोको ३२ लाख १७ हजार सात सय २४ कित्ता हकप्रद सेयरका सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री गरिएको हो ।  

कम्पनीले १:२ अनुपातमा एक सय रुपैयाँँ अङ्कित मूल्यका एक करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको