Like us!
Follow us!
Connect us!
Watch us!

पछिल्लो २४ घण्टामा  २ हजार ९ सय ५७ जना संक्रमणमुक्त, ८ जनाको मृत्यु

अर्थ संसार

सोमबार, ०४ असोज २०७८, १६ : ३० मा प्रकाशित

पछिल्लो २४ घण्टामा  २ हजार ९ सय ५७ जना संक्रमणमुक्त, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार ९ सय ५७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८ सय १७ जनाको कोरोना परीक्षण भएकोमा १ हजार ९५ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा १० हजार ७ सय ८६ जनाको पिसिआर परिक्षण गर्दा ९ सय ७५ जना र ३ हजार ३१ जनाको एन्टीजेन परिक्षण गर्दा १ सय २० जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा ८ जना संक्रमितको मृत्यू भएको छ । हाल २२ हजार ३ सय २३ जना सक्रिय संक्रमित छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको