Like us!
Follow us!
Connect us!
Watch us!

फोनपे डाइरेक्ट मार्फत कुनैपनि बैंकमा २ लाख रूपैयाँसम्मको रकम  १० मै पठाउन सकिने

अर्थ संसार

सोमबार, ०४ असोज २०७८, १८ : ११ मा प्रकाशित

फोनपे डाइरेक्ट मार्फत कुनैपनि बैंकमा २ लाख रूपैयाँसम्मको रकम  १० मै पठाउन सकिने

नेपालको अग्रणी  भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा  १० मात्र शेवा शुल्क लाग्ने भएको छ । फोनपे डाइरेक्ट मार्फत  १०० देखि दुई लाख रूपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि मात्र  १० शुल्क लाग्ने भएको हो ।

यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो । यो शुल्क नेपालमा अन्तरबैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो ।  फोनपेले शुल्क घटाएसँगै डिजिटल कारोबारमा अर्को ठुलो माइलस्टोन मिल्ने अपेक्षा गरिएको छ । 

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि  सहजै रकम पठाउन सकिन्छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालकहो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् ।

यस्तै फोनपेमा हालसम्म  ५ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत  यसले सेवाप्रदान गर्दै आएको छ ।फोनपे विश्ववि ख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड ’पीसीआइ डिएसएस भि थ्रि.टु.वान  प्रमाणीकरण प्राप्त संस्था हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको