Like us!
Follow us!
Connect us!
Watch us!

हास्य कलाकार “हुर हुर” को निर्देशनमा बनेको “उकुसमुकुस” बुधबार साँझदेखि प्रशारण हुँदै

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, १६ : २४ मा प्रकाशित

हास्य कलाकार “हुर हुर” को निर्देशनमा बनेको “उकुसमुकुस” बुधबार साँझदेखि प्रशारण हुँदै

हास्य श्रृङ्खला तथा हास्य सामग्रीका दर्शकहरु बढ्दै गएको अवस्थामा नयाँ शैलको हास्य टेलिचलचित्र “उकुस मुकुस” बुधबार साँझदेखि प्रशारण हुने भएको छ । हास्य कलाकार दिलिप तामाङ “हुर हुर” को कथा तथा निर्देशनमा तयार भएको हास्य श्रृङ्खला युट्युब च्यानल ‘आमा अग्नी कुमारी’ बाट असोज ६ गते बुधबार साँझ ७ बजेदेखि प्रशारण सुरु हुने भएको हो । 

गोल्ड फिल्मसको निर्माणमा तयार पारिएको श्रृङ्खलाका निर्माता नहकुल भट्टराई हुन् । केदार घिमिरे “माग्ने बूढा” को संवादमा तयार पारिएको हास्य श्रृङ्लाको पटकथा दिपक लम्साल र टुल्कु तामाङको रहेको छ । त्यसैगरि सिता देवी तिमल्सिना श्रृङखलामा सहायक निर्देशकको जिम्मेवारीमा छिन् । 

हास्य कलाकार तथा श्रृङ्खलाका निर्देशक दिलिप तामाङ “हुर हुर” र जयनन्द लामाको जोडदार प्रस्तुती श्रृङ्खलामा देख्न सकिन्छ । त्यसैगरी धनराम मुस्कान, देवी आले “सुन बूढी”, भुईसाल लामा, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङ, सोहन थापा लगायत कलाकारहरुले हास्य श्रृङ्खलामा अभिनय गरेका छन् । 

निर्देशक तामाङ्का अनुसार हास्य श्रृङ्खला फरक परिवेशमा तयार पारिएको छ । “दर्शकहरुले देखिरहनु भएका धेरै कलाकारहरुको सामुहिक कामबाट तयार भएको श्रृङ्खला उत्कृष्ट बनेको छ,” निर्देशक हुर हुरले भने । 
“तत्काललाई युट्य्ब च्यानलबाट मात्र प्रशारण सुरु भएको यो कार्यक्रम केही समय पछि टेलिभिजनको पर्दामा पनि हेर्न सकिन्छ । त्यसको तयारी भईरहेको छ” श्रृङ्खलाका निर्माता भट्टराईले भने ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको