Like us!
Follow us!
Connect us!
Watch us!

थपिए एक हजार दुई सय ३९ संक्रमित, १३ जनाको मृत्यु

अर्थ संसार

विहीबार, ०७ असोज २०७८, १६ : ५० मा प्रकाशित

थपिए एक हजार दुई सय ३९ संक्रमित, १३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार दुई सय ३९ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १५ हजार दुई सय ४३ जनामा कोरोना परीक्षण गर्दै एक हजार दुई सय ३९ जनामा संक्रमण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित २० हजार सात सय ४३ जना छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला २० रहेका छन् । 

पछिल्लो २४ घन्टामा एक हजार तीन सय २४ जनाले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ५६ हजार नौ सय ५४ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ७२ जनाको निधन भइसकेको छ । हाल देशभर तीन सय ४० जना सघन उपचार कक्ष (आइसीयू), ११ सय १९ जना भेन्टिलेटर, १९ हजार चार सय ३७ जना होम आइसोलेसन, एक हजार तीन सय ६ जना संस्थागत आइसोलेसन र दुई सय ४६ जना क्वारेन्टिनमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको