Like us!
Follow us!
Connect us!
Watch us!

दीर्घरोगीका लागि दसैँअगावै फाइजर खोप ल्याइने

अर्थ संसार

शनिबार, ०९ असोज २०७८, ०७ : २० मा प्रकाशित

दीर्घरोगीका लागि दसैँअगावै फाइजर खोप ल्याइने

एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ ।  आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । 

अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत आउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेक कुमार लाल कर्णले खोप छिट्टै आउने जानकारी दिए ।  

उनका अनुसार खोप अस्पतालमा रहेका दीर्घरोगी, क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका, प्रत्यारोपण गरिएका व्यक्तिलाई मात्र  दिइनेछ । फाइजर खोप अरू खोपभन्दा लगाउने तरिका फरक छ, डा. लालले भने, “सुरुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा खोप लगाइने छ ।” नेपालले यसअघि नै योजना पठाउँदा कोभ्याक्समार्फत आउने  फाइजर खोप दीर्घरोगीलाई  लगाउने भनिएकाले  तत्काल  बालबालिकालाई नदिने उनले उल्लेख गरे ।

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको