Like us!
Follow us!
Connect us!
Watch us!

१२ वर्ष माथिका दीर्घ रोगीलाई २८ गतेदेखि फाइजर खोप लगाइदै, कहाँ कहाँ लगाइन्छ ?

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, ०७ : १० मा प्रकाशित

१२ वर्ष माथिका दीर्घ रोगीलाई २८ गतेदेखि फाइजर खोप लगाइदै, कहाँ कहाँ लगाइन्छ ?

कोभिड–१९ विरुद्वको फाइजर खोप कात्तिक २८ गतेबाट १२ वर्ष माथिका दीर्घ रोगीलाई दिइने भएको छ । कात्तिक २८ देखि मंसिर ४ गतेसम्म पहिलो डोेज र मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिईने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा रहेको वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण गरी आठवटा खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुनेछ ।

यस्तै प्रदेश १ को मेची प्रादेशिक अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालबाट खोप लगाइने मन्त्रालयले जनाएको छ । प्रदेश २ का गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट खोप दिइने छ ।

बागमती प्रदेशको चितवनको भरतपुरस्थित वीपी कोइराला स्मृति क्यान्सर अस्पताल र धुलिखेलस्थ्ति धुलिखेल अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ ।
यता, गण्डकी प्रदेशमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाग्लुङस्थित धौलागिरि अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ । लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जस्थित भेरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ ।

सुदूरपश्चिममा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अमरगढीस्थित डडेल्धुरा अस्पताल तथा कर्णाली प्रदेशमा सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको