Like us!
Follow us!
Connect us!
Watch us!

खोप निर्मात कम्पनी फाइजर र वायो एनटेक भन्छन्, बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी हन्छ

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, ०७ : ३४ मा प्रकाशित

खोप निर्मात कम्पनी फाइजर र वायो एनटेक भन्छन्, बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी हन्छ

खोप निर्माता कम्पनी फाइजर र वायो एनटेकले आफूले उत्पादन गरेको कोभिड खोप कोरोनाको नयाँ भेरियन्टविरुद्ध पनि काम गर्ने बताएका छन् । 

बुस्टर डोज लगाएमा ओमिक्रोनविरुद्ध प्रभावकारी हुने ती कम्पनीले बताएका हुन् । अन्य भेरियन्टविरुद्ध दुई डोज खोप लगाए बराबरको एन्टीबोडी ओमक्रिोनका लागि तीन डोज लगाउँदा मात्र प्राप्त हुने ती कम्पनीहरुले जनाएका छन् । 

फाइजरको तेस्रो डोज लगाउँदा ओमिक्रोनलाई निस्तेज पार्न सकिने फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाले जानाकारी दिए । ‘अहिले देखिएको नयाँ भेरियन्टको भाइरसबाट जोगिने सबैभन्दा प्रभावकारी तरिका भनेको बुस्टर डोज हो,’ उनले भने । 

आफूहरुको अध्ययन प्रारम्भिक भएको र अझै थप अनुसन्धान आवश्यक भएको फाइजर एन्ड बायोएनटेकले जनाएका छन् । 

आफूहरुले ओमिक्रोनलाई लक्षित गरेर विशेष प्रकारको खोप आविश्कार गर्न लागेको पनि ती कम्पनीले जनाएका छन् । आगामी १०० दिनभित्र नयाँ खोप तयार हुने उनीहरुको भनाई छ । 

यसअघि विश्व स्वास्थ्य संगठनले अहिले प्रचलनमा रहेका खोपहरुले ओमिक्रोनका लागि काम गर्ने जनाएको थियो । ओमिक्रोनविरुद्ध अहिले प्रचलनमा आएका खोपहरुको प्रभावकारीतावारे विज्ञहरुले विभिन्न अनुसन्धान गरिरहेका छन् । 

ओमिक्रोन अहिलेसम्मकै खतरनाक भेरियन्ट भएको विज्ञहरुले बताउँदै आएका छन् । एजेन्सी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको