Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोभिडविरुद्धको पूर्ण खोप लगाउने २७ प्रतिशत पुगे

अर्थ संसार

आइतबार, १० असोज २०७८, १४ : ४५ मा प्रकाशित

नेपालमा कोभिडविरुद्धको पूर्ण खोप लगाउने २७ प्रतिशत पुगे

नेपालमा २७.६ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्ममा देशभर ३० प्रतिशतले आंशिक र २७.६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् ।

मन्त्रालयका अनुसार खोपको पूर्ण मात्रा लगाउने कुल संख्या ६० लाख १४ हजार नौ सय ४१ छन् भने पहिलो मात्रा लगाउने ६५ लाख २८ हजार तीन सय ९२ पुगेका छन् । यस्तै खोप लगाउने महिलाको संख्या ३२ लाख नौ सय ९८ छ भने ४६ लाख नौ हजार ६ सय ६४ जना पुरुषले खोप लगाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको