Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिशतमा हेर्दा बजार धेरै घटेको हैन, अब बढ्ने नै होः ब्रोकर रानाभाटसँग कुराकानी

अर्थ संसार टक

आइतबार, १० असोज २०७८, १६ : ०६ मा प्रकाशित

भरत रानाभाट ब्रोकर्स एसोसिएसन अफ नेपालको पूर्वअध्यक्ष हुन् । उनी ब्रोकर मात्र हैन, सेयर बजारको पनि विश्लेषक हुन् । उनलाई हामीले सोध्यौं केही दिन बजार लगातार घटेर सबैलाई अत्यायो । बजारमा कोकोहोलो भयो । फेरि बजार सेन्चुरी हानेर  उकालो लागेको छ ।  अब बजार बाउन्स ब्याक भएको हो ? 

उनी भन्छन्, बजार तलमाथि हुँदै नहुने हो भने कमाउने कसरी रु बजार एकै पटक बढेर ११ सयबाट ३२ सय पुगेको हैन । बीचमा अप डाउन भइरहन्छ । बजार बढेको बढ्यै गर्छ । मैले जतिमा किनेको छु, त्यसबाट बढ्छ भन्ने र घट्दा अब मैले  सबै बेच्नु पर्छ भन्ने किन्दै नकिन्ने गर्नेले बजारबाट कमाउँदैन ।

बजार  सधैं एउटै गतिमा नचल्ने उनी बताउँछन् ।  हामीले सधैं यही रुपमा जान्छ भनेर हेर्नु हुँदैन । बजार हजार, पन्ध्र सयमा बजार हुँदा दोहोरो अंकको बढोत्तरी हुँदा धेरै देखिन्थ्यो । अहिले बजार २८०० हाराहारीमा हुँदा १०० अंक तलमाथि हुनु सामान्य हो । यसलाई अंकमा भन्दा प्रतिशतमा हेर्नु पर्छ । 
बजार अधिक तलमाथि हुने कारण अनलाइन प्रणालीले गर्दा हो । किन्नेले पनि लाखौंले एकै पटक किन्छन्, बेच्नेले पनि एकै पटक बेच्छन् । बजार ४, ५ हजार हुँदा दुई, तीन सयको तलमाथि हुनसक्ने रानाभाट बताउँछन् । 

सधैं नाफा मात्र हुन्छ भन्ने ठानेर आउनेहरु पेनिक हुने गरेका रानाभाटको भनाइ । 

एकै दिन २१ अर्ब नाघेको बजारको भोलुम खुम्चिएर एक तिहाइमा झरेको छ । बजारले त सपोर्ट गरेकोे देखिदैन । के बजारबाट लगानीकर्ताहरु निस्केका हुन् । 

रानाभाटको अनुभवमा घट्दो बजारमा भोलुम घट्छ । ट्रेडरहरु भोलुममा किन्छन् । कतिपयले एकै दिन किन्दै बेच्दै जान्छन् । नयाँ लगानीकर्ताहरु आज किनेर भोलि बेच्न थाल्छन् । त्यसले गर्दा बजारमा भोलुम बढ्छ । 

रानाभाटलाई हामीले सोध्यौं, बजार लगातार घट्दा भर्खरै बजारमा प्रवेश गरेकाहरुको लगानी २०.३० प्रतिशतले घट्यो । उनीहरु त फेरि बजारमा फर्केलान् रुबजारमा राष्ट बैंकले ऋण लगानीमा लगाएको १२ करोडको सीमाले ठूलै तरंग ल्यायो । फेरि बजारमा तरलतामा संकुचन आएपछि ब्याजदर बढेको छ । ब्याजदर र सेयर बजारको उल्टो सम्बन्ध हुन्छ भनिन्छ । अब बजार बढ्ला र ?

३२०० अंक नाघेको बजार २६०० हाराहारीमा आएर फर्केको छ । यसबीचमा गुमाउनेहरुले राम्रै रकम गुमाए । ३२००मा निस्केर बसेकाहरुले निकै सस्तोमा सेयर किन्न पाए । अब बजारको गन्तब्य ४००० हो भन्न थालेकाछन् विश्लेषकहरु । के यसै गरी बढ्ला ? बजारमा के देखियो भने बजार बढेका बेला ऋण गरेरै किन्ने र घट्न थाल्यो भने आत्तिएर घाटा खाएरै बेच्ने । नयाँ प्रवेशीहरूले बढाएको बजार उनीहरूमा धैर्यता देखिएन । यसले गर्दा नयाँ प्रवेश गर्नेहरु  बजारमा कमाइन्छ भन्ने थाहा नपाउँदै गुमाउन पुगेका छन् । उनीहरुलाई आत्तिन नदिन ब्रोकरहरुले भूमिका निर्वाह गर्नु पर्दैन ?

बजारमा सेयर किनवेच गर्दा कम्पनीका अधारभूत कुराहरूले कुनै प्रभाव पारेको देखिँदैन । राम्रो लाभांश दिने कम्पनीको मूल्य घटिेरहेको देखिन्छ । त्यसको विपरित सुसासन कमजोर भएका, लाभांश नबाँडेका कम्पनीको सेयर मूल्य अकासिएको देखिन्छ । ब्रोकरहरुले चलखेल गरेर कम्पनीकोे सेयर भिडाउने गर्छन् भनिन्छ नि ?

बजार विस्तारमा ब्रोकरहरुको भूमिका, उनीहरुले लगानीकर्तालार्ई दिने सुविधा, बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिन ब्रोकरहरुले टांग अड्याएको लगायतका विषयमा ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष रानाभाटले खुलेर कुरा गरेका छन् । अर्थसंसार डटकमको अर्थसंसार टकका लागि प्रधानसंपादक लीलानाथ घिमिरेले रानाभाटसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको