Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभुमि नेपालको आईपिओमा पहिलो दिनमै ७.४३ गुणा बढि आवेदन

अर्थ संसार

मंगलबार, १२ असोज २०७८, ०५ : ५९ मा प्रकाशित

बुद्धभुमि नेपालको आईपिओमा पहिलो दिनमै ७.४३ गुणा बढि आवेदन

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडलेले निष्काशन गरेको आईपिओमा पहिलो दिन नै माग भन्दा ७ गुणा भन्दा बढि आवेदन परेको छ । कम्पनीले हिजो सोमबार देखि सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता साधारण सेयर (आईपीओं) निष्काशन गरेको हो । 

कम्पनीको आईपिओ बिक्रि प्रबन्धक सिभिल क्यापिटलका अनुसार पहिलो दिन ४ः३० बजेसम्ममा नैै ४ लाख ४४ हजार ९४७ जना आवेदकबाट ५८ लाख २८ हजार ९०० कित्ताका लागि आवेदन परेको छ । जुन माग भन्दा ७.४३ गुणा बढि हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख कित्ता साधारण सेयर (आइपिर्ओ निष्कासन अनुमति पाएकोमा ४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ ।

निष्काशन गरिने कुल ८ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा सर्वसाधारणले असोज ११ गतेदेखि असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको