Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा प्रि-मनसुनझैँ छिनमै पानी छिनमै घाम किन ?

अर्थ संसार

मंगलबार, १२ असोज २०७८, १० : ०५ मा प्रकाशित

काठमाडौंमा प्रि-मनसुनझैँ छिनमै पानी छिनमै घाम किन ?

पछिल्ला दिनमा काठमाडौं उपत्यकामा छिनमै घाम लाग्ने अनि छिनमै पानी पर्ने गरेको छ । विशेषगरी अपराह्न र साँझपख मेघगर्जन, चट्याङसहित वर्षा हुने गरेको छ । यो प्रिमनसुनको चरित्र हो ।

किन यस्तो भइरहेको छ ? न्युज कारखानाले यो प्रश्न मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगलाई सोधेको छ ।  जवाफमा उनले भने, ‘यो मनसुनको उत्तरार्धको समय हो, मनसुन पनि बाहिरिनसकेको तर मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकाले काठमाडौं उपत्यकासहित देशका कयौँ ठाउँमा प्रि-मनसुन चरित्रको पानी परिरहेको हो ।’

यस्तो बेला मनसुनको प्रभाव खासै नहुने, न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको पनि प्रभाव रहने भएकाले केही छिन पानी पर्ने र फेरि घाम लाग्ने गरेको उनले बताए । 

सोमबार साँझ र राति काठमाडौंमा पानी परेको थियो । मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको छ।

८ असोजमा बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रमा बनेको ‘गुलाब’ नामक चक्रवात‍ (सामुन्द्रिक आँधी) को अप्रत्यक्ष असर नेपालमा परेको थियो । अहिले यो आँधीको प्रभाव हटिसकेको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको