Like us!
Follow us!
Connect us!
Watch us!

होण्डा कारमा फेस्टिभ बोनान्जा : हरेक १५ दिनमा साँढे तीन लाख जित्ने मौका

अर्थ संसार

बुधबार, १३ असोज २०७८, ११ : २३ मा प्रकाशित

होण्डा कारमा फेस्टिभ बोनान्जा : हरेक १५ दिनमा साँढे तीन लाख जित्ने मौका

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै “होण्डाको फेस्टिभ बोनान्जा” ग्राहकहरु माझ ल्याएको छ । 

यस खुसीको उत्सवमा नयाँ होण्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७% को छुटका साथै अन्य धेरै फ्री आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । 

यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्नेछन् । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू हुनेछ ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको