Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्यो नेपाल फाइनान्सकाे हकप्रद निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १७ : २५ मा प्रकाशित

अघि बढ्यो नेपाल फाइनान्सकाे हकप्रद निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

नेपाल फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

निष्कासन तथा बिक्री प्रबन्धककाे सम्झाैतापत्रमा नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ ।

कम्पनीको भदौ २६ गते, शनिबार कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएकाे २८ औँ वार्षिक साधारण सभाले पनि हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको