Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २३ लाख १९ हजार कित्ता हकप्रद सूचिकृत

अर्थ संसार

आइतबार, १५ साउन २०७९, १५ : ३७ मा प्रकाशित

नेप्सेमा २३ लाख १९ हजार कित्ता हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (आइतबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार नेपाल फाइनान्स कम्पनी लिमिटेड ७० प्रतिशत बाेनस बापतकाे २३ लाख १९ हजार ७ सय ५८ दशमलव ०८८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे

कम्पनीले जेठ ६ गते, शुक्रबारबाट जेठ २६ गतेसम्म हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.७०  कित्ता सेयरको अनुपातमा प्रति सेयर एक सय रुपैयाँ अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये बिक्री भएकाे सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । बिक्री नभएकाे सेयर भने फेरि लिलामी मार्फत् ल्याइएकाे थियाे ।

62e651261a60d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको