Like us!
Follow us!
Connect us!
Watch us!

गुल्मीमा चट्याङ लागेर नाै जना घाइते

अर्थ संसार

विहीबार, १४ असोज २०७८, ०६ : ३६ मा प्रकाशित

गुल्मीमा चट्याङ लागेर नाै जना घाइते

गुल्मीको इस्मा गाउँपालिका-४ दोहलीमा चट्याङ लागेर नौ जना घाइते भएका छन् ।

बुधबार ठूलो पानीसहित परेको चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली र ५० वर्षीय झक्य नेपालीसहित नाै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

तीन जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी जनाएको छ ।

तेजबहादुर नेपालीको एउटा गोरु मरेको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको