Like us!
Follow us!
Connect us!
Watch us!

आईपिओ निष्काशनको बुक बिल्डिङ्ग विधि: ठिक कि बेठिक ?

नरेन्द्रमान श्रेष्ठ

अर्थ संसार

विहीबार, १४ असोज २०७८, ११ : १० मा प्रकाशित

आईपिओ निष्काशनको बुक बिल्डिङ्ग विधि: ठिक कि बेठिक ?

पुँजी बजार सुधार संघर्ष समितिले बिभिन्न १८ वटा माग राखेर गरेको आन्दोलनमा बुक बिल्डिङ्ग प्रणालिको खारेजिको पनि माग समाबेस गरेको थियो भने पुँजी बजार सुधार समितिको सेबोनसंगको सम्झौतामा बुक बिल्डिङ्ग खारेजिको माग पनि परेको छ । अब के त बुक बिल्डङ्गी खारेजी होला त? बुक बिल्डिङ्ग शेयरबजारको लागि ठिक कि बेठिक ? त्यसोत यसको शुरुवात देखि नै प्रश्न उठेको त थियो नै । नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्काशनमा बुक बिल्डीङ्ग प्रणालि लागु गर्ने भने देखि नै यसमा बिवादहरु भएका थिए । 

कतिपयले यसलाइ ठिक भने त कतिपयले बेठिक पनि भने । त्यसोत अधिकाश लगानिकर्ताहरु भने यसको बिपक्षमा नै देखिएका थिए भन्दा पनि फरक नपर्ला त्यसोत बुक बिल्डिङ बाट अहिले सम्म कुनै पनि शेयरहरु निष्काशन भएको भने छैन । सर्बोत्तम सिमेन्ट कम्पनीले भने बुक बिल्डिङ्ग बाट शेयर निष्काशन गर्ने भने पनि हुन सकिरहेका छैनन ।

पछिल्लो समयमा त झन कम्पनी नै बिवादमा परेका छन भने सेबोनको अध्यक्ष नै सर्बोत्तम सिमेन्टको इन्साइडर ट्रेडिङ्ग मा परेका छन । त्यसो त सर्बोत्तम सिमेन्टले बुक बिल्डिङ्ग बाट शेयर निष्काशन गर्नुको लागि मुल्य समेत तोकिसकेको थियो जसको मुल्य प्रति कित्ता शेयरको मूल्य ७ सय ५० रुपैयाँ प्रस्ताव गरिएको थियो तर पछि प्रक्रियामा जाँदा भने भने मूल्य केहि थप घट हुनसक्ने कम्पनीको तर्क छ । त्यसो त १ सय रुपैयाँको शेयर ७ सय ५० रुपैयाँ बढि भएको लगानिकर्ताहरु बताइरहेका छन यसकारणले पनि बुक बिल्डिङ्ग ठिक नभएको बताउने गरेका छन लगानिकर्ताहरु । 
   
लगानिकर्ताहरुको भनाइमा बुक बिल्डिङ्गबाट भन्दा पनि प्रिमियममा शेयर बिक्री गरे राम्रो हुने बताइरहेका छन । शिव्म किम्पनिको सिमेण्ट पनि १ सय रुपैयाँमा प्रिमियम थपेर बिक्री गरेको थियो । त्यसोत रियल सेक्टरका कम्पनिहरु पुँजी बजारमा आउन चाहिरहेका भए पनि उनिहरुले आफ्नो शेयरको १ सय रुपैयाँमा बिक्री गर्न चाहिरहेका छैनन  भन्दा पनि फरक नपर्ला । त्यसोत बुक बिल्डिङ्ग प्रणालि ल्याएइको पनि रियल सेक्टरका कम्पनिहरुलाइ शेयरबजारमा ल्याउनकैे लागि हो ।

त्यसैगरि बुक बिल्डिङ्गमा शेयर निष्काशन गर्दा कम्पनिहरुले आफखुशि मुल्य तोक्दा लगानिकर्ताहरु भने अन्योलमा रहेका छन कतिपयको भनाइमा बुक बिल्डीङ बाट शेयर निष्काशन गर्दा हुदा साना लगानिकर्ताहरुको पहुच नहुने बताइरहेका छन सरोकारवालाहरु । यसबाट सस्थागत लगानिकर्ताहरु र ठुलाबडा लगानिकर्ताहरुको लागि मात्र हुने हो कि भन्ने पनि कतिपयको भनाइ रहेका छन ।

पँुजी बजारको बिकाश र बिस्तारको लागि रियल सेक्टरका कम्पनिहरु पनि शेयर बजारमा ल्याउन जरुरी छ यसमा कुनै पनि दुइमत नहोला । तर रियल सेक्टरका कम्पनीहरुले भने आफ्नो गुडविल १ सयमा बिक्री गर्न चाहिरहेको देखिदैन उनिहरुले लामो समयदेखि कम्पनीलाई मुनाफामा चलाइरहेको हुनाले पनि उनिहरु न्युनतम मूल्यमा सेयर बेच्न तयार नहुनुलाई त्यति अस्वभाविक रुपमा हेर्न पनि सकिदैन । यसको लागि १ सय रुपैयाँमा प्रिमियम जोडेर शेयर निष्काशन गर्न दिनु उपयुक्त हुने लगानिकर्ताहरुको भनाइ रहेका छन । शिवम् सिमेन्टले पनि १ सय रुपैयाँमा प्रिमियम जोडेर शेयर निष्काशन गरेको थियो । यसो गर्दा शेयर निष्काशनमा पनि सहज हुने देखिन्छ ।

बुक बिल्डिङ्गबाट शेयर निष्काशन गर्नको लागि तयारी समेत गरिसकेको सर्वोत्तम सिमेण्टले मुल्य समेत तोकि सकेको भए पनि शेयर निष्काशन गर्न सकिरहेका छैन । यसले गर्दा बुक बिल्डीङबाट शेयर निष्काशन गर्ने भनेर पालो बसेका कम्पनीहरु समेत अन्यौलमा परेका छन भने अहिले त यसलाइ खारेजि नै गर्न पर्छ भनेर भन्ने गरेका छन कतिपय लगानिकर्ताहरुले । अबको दिनमा यो बुक बिल्डिङ्ग खारेजी हन्छ कि हुदैन त्यो भने प्रतिक्षाको बिषय रहेको छ । 

त्यसो त नेपालमा निति नियमहरु प्रिबर्तत हुने गरिरहेका हुन्छन भने कतिपय सम्झौताहरु कागजमा मात्र सिमित हुने कार्यान्ययन ब्यबहारमा लागु नहुने पनि गरेका पनि छन । त्यसो त बुक बिल्डिङ्ग खारेजीको माग उठ्दा शुरुमा यसको बिरोध नगर्ने अब आएर मात्र किन बिरोध गर्नु परेको भनेर पनि कतिपय सरोकारवालाहरुले बिरोध गर्नेहरु माथि प्रश्न तेर्साएका छन । त्यसो त सर्वोत्तम सिमेन्टले प्रति कित्ता शेयरको ७ सय ५० रुपैयाँ तोकेकोमा लगानिकताइहरुले यो ठिक नभएको प्रणाली हो भनेर तर्कहरु पनि राख्ने गरेका छन । त्यसो त केहि लगानिकर्ताहरु र नियामक निकायहरु समेत साना लगानिकर्ताहरु शेयर बजारमा प्रबेश गरोस भन्ने नै चाहिरहेका छैनन भन्दा पनि फरक नपर्ला कहिले बुक बिल्डिङ लागु गर्ने भनेर त कहिले १० कित्ते निति हटाउन पर्छ भनेर ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको