Like us!
Follow us!
Connect us!
Watch us!

करिब ३०० अंकले घट्यो नेप्से

अर्थ संसार

आइतबार, ३० कार्तिक २०८२, १४ : १५ मा प्रकाशित

करिब ३०० अंकले घट्यो नेप्से

पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचक करिब ३०० अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचक २८४.८९ अंकले घटेको हो । 

केन्द्रीय बैंकका अनुसार गत असोज मसान्तमा नेप्से सूचकांक २७४२.८९ को विन्दुमा रहेको थियो । चालु आवको असोज मसान्तमा २८४.८९ अंकले घटेर २४८७.१८ को विन्दुमा झरेको हो । यता धितोपत्र बजार पुँजीकरण गत वर्षको असोज मसान्तमा ४३ खर्ब ६१ अर्ब ४५ करोड रुपैयाँ रहेकोमा यस वर्षको असोज मसान्तमा ४१ खर्ब ५७ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ । गत वर्षको असोज मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ उत्पादनको ७६.३९ प्रतिशत रहेकोमा यस वर्षको असोज मसान्तमा ६८.०८ प्रतिशतमा सिमित भएको छ । 

नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल संख्या २७६ रहेको छ । जसमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९४ हाइड्रोपावर कम्पनी, २३ उत्पादन तथा प्रशोधन कम्पनी, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन्। गत वर्षको असोज मसान्तमा सूचीकृत कम्पनीको संख्या २६७ रहेको थियो ।
   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको